रुसले बुल्गेरियालाई १–० गोलले युरोकप अघिको मैत्रीपूर्ण खेलमा हरायो

एजेन्सी । युरोकप अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गएराति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले हरायो । उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८ औं स्थानमा छ भने बुल्गेरिया ७१ औं स्थानमा रहेको छ ।
यस्तै गएराति नै भएको खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका छन् । विश्व वरीयतामा १७ औं स्थानको वेल्सले ६६ औं स्थानको अल्बानियालाई हराउन सकेन । यस्तै स्वीडेनले अर्मानियालाई ३–१ गोलले हराएको छ । युरोकप फुटबल आउँदो शुक्रवार रातिदेखि सुरु हुँदैछ ।
वि.सं.२०७८ जेठ २३ ०६:०२