back
stc
prabhu insurance

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो 

काठमाडौँ । नेपाल आयल निगमले  यो शनिवार राति १२ बजेपछि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

‘स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको छ’, निगमले भनेको छ ।

मूल्यबृद्धि पछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिक तर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । पछिल्लो पटक निगमले गएको जेठ २ गते मूल्य बढाएर पेट्रोलको एक सय २३ रुपैयाँ, डिजल र मट्टीतेलको एक सय ६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ पुर्याएको थियो ।