back
stc
prabhu insurance

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा बुढाथोकीको लुट

काठमाडौ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का मेकानिकल इलोक्टोनिक शाखाका प्रमुख कृष्णहरी बुढाथोकीको आर्थिक अनियमितताले केयूकेएलमा सिमा नाघेको छ । नौ तहको दरवन्दी भएको शाखामा आठ तहका कृष्णहरि बुढाथोकीलाई बर्षैंदेखि एकलौटी हालिमुहाली गर्न दिइएको छ ।

खान र खुवाउन सिद्धहस्त कहलिएका बुढाथोकीले आफुलाई कान्तिकारी भन्ने यूनियनका नेताहरुलाई आफ्नो बसमा राखेर उनीहरूकै छत्रछायाँमा बसेर केयूकेएलमा भ्रष्टाचारको जाल विछ्याईरहेका छन ।

नेकपा (एमाले) का नेताहरुलाई बेला बेलामा विदेश घुमाएर केयूकेएलको भ्रष्टाचारको पाप पखाल्न खोज्ने बुढाथोकीले त्यही अवसरलाई भ्रष्टाचार र अनियमितताबाट बच्ने उपायका रुपमा प्रयोग गर्दै आएका छन ।

राती अबेरसम्म साईडमा रहने गरेको बताउने बुढाथोकी कार्यालयका कर्मचारीहरुलाई काममा पेलेर लगाउने र आफु बेलुका पाँच बजेबाट राजधानीका क्याफेहरुमा शक्तिकेन्द्रका मानिसहरुसँग सोमरसमा रमाउने गरेको मेकानिकल इलोक्टोनिक शाखा स्रोतले बताएको छ ।

उनी जतिनै ठूलो बजेटको काम भएपनि त्यसलाई खण्डीकरण गरेर छुट्टाछुट्टै प्याकेज बनाउन माहिर छन । यदि टेण्डरनै निकाल्नु पर्ने भएमा बजारमा वितरण नहुने पत्रिकामा टेण्डर छपाएर पुरै पत्रिका किनेर आफु अनुकुलको ठेकेदारलाई काम दिर्दै आएका छन ।

मेकानिकल इलोक्टोनिक शाखामा कृष्णहरि बुढाथोकीले भष्टाचार र अनियमितता गरेको भन्दै २०७७ साल चैत्र १७ गते सि–०२८६४६ नम्बर दर्ता भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

सो उजुरीको छानविन गर्न अख्तियारले खानेपानी मन्त्रालयमा पत्रचार गरेपछि मन्त्रलायले तीन सदस्य छानविन समिति गठन गरेको थियो । तर सो समितिले काम गर्दा गर्दै कोरोना भाइरसको दोस्रो लहरले गर्दा निषेधाज्ञा जारि भएको कारण ढिला भएको बुझिन आएको छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग आयोगसँग बुझ्दा अख्तियारका अधिकारी भन्छन, “यो विषय अहिले छानविनकै क्रममा रहेको छ ।” तर, बुढाथोकी अख्तियारको छानविनलाई कौडिको मोलमा निल्ने हिसावले कुरा गरिरहेका छन ।

अख्तियारको पत्र अनुसार मन्त्रालयको छानविन समितिले बनाउने प्रतिवेदनमा लेखा र एक जना इन्जिनियरलाई आर्थिक प्रलोभनमा पारेर आफु अनुकुल बनाएपनि समितिका संयोजक कानुनका उपसचिवले सहमति नदिएको बुझिन आएको छ ।

यस विषयमा पनि अख्तियारमा मौखिक र लिखित उजूरी समेत परेका कारण अख्तियारले आफै छानविन गर्ने प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले बताएको छ ।
कृष्णहरिको विषयमा अख्तियारका प्रमुख समक्ष समेत यस विषयको छानविन रोक्न केयूकेएलकै युनियनका नेताहरुले आग्रह गरेको बुझिन आएको छ ।