भारतीय खोप ‘कोभ्याक्सिन’ले अमेरिकामा अनुमति पाएन
एजेन्सी । अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ ।अमेरिकाको औषधि नियामक संस्था एफ।डी।ए।ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो ।
भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकाको फैसलालाई स्वीकार गरिनुपर्ने बताउनुभयो । भीके पलका अनुसार भारतीय खोप भरपर्दो छ । यद्यपि, भारतीय र अमेरिकी प्रणालीमा अन्तर भएकाले यस विषयलाई ठूलो रुपमा हेर्नु नहुने उनले बताएका छन् ।कोभ्याक्सिनले नेपालमा भने अनुमति पाएको छ । यो खोप पनि दुई डोज लगाउनुपर्छ ।
वि.सं.२०७८ जेठ ३० ०६:४९



















