खोप लगाउनेको भिड: खोपमा पक्षपात

काठमाडौं । सरकारले ६०–६४ वर्ष उमेर समुहका व्यक्तिलाई र पहिलो खोप लगाई सकेका व्यक्तिलाई वीर अस्पताल, सहिद शुक्रराज ट्रपिकल अस्पताल टेकु, सशस्त्र प्रहरी बल अस्पताल बलम्वु, सैनिक अस्पताल छाउनी र त्रि. वि. वि. शिक्षण अस्पताल महाराजगन्ज अस्पतालमा दिने सुचना जारी गरेपछि ती अस्पतालहरूमा पहिलो खोप लगाउन जाने जेष्ठ नागरिक र दोस्रो खोप लगाउन जाने सर्वसाधारणको भिड बढेको छ ।
तर यी अस्पतालमा भटाभट सबैलाई पालो अनुसार खोप नदिइ सैनिक अस्पताल छाउनीमा आफन्तलाई मात्र छिराएर अरूलाई तीन–चार घण्टा लाइनमा बस्न बाध्य पारि फर्काउने काम भएको जनगुनासो सुनिएको छ । वीर अस्पतालमा खोप दिएपनि प्रयाप्त खोप नभएकाले लाइनमा बसेका सबैले खोप नपाउने भएका छन ।
सहिद शुक्रराज अस्पताल टेकुमा लाइनमा राखेर पछि खोप छैन भन्दै फर्काइएको लाइनमा बसेर फर्किएका व्यक्तिहरूले बताएका छन । शिक्षण अस्पताल महाराजगन्जमा भने लाइनमा बस्नेहरूलाई खोप धमाधम दिइरहेको बुझिएको छ ।
दोस्रो डोज दिने खोप स्टक नराखि खोप लगाउदा अहिले पहिलो डोज लगाएकाहरूको १२ हप्ताको समय सकिदा पनि दोस्रो डाज खोप लगाउन पाएका छैनन । उनीहरूले समयमा दोस्रो डोज खोप लगाउन नपाए पहिलो डोज खोप लगाएको कुनै अर्थ रहन्न। खोपले कुनै काम गर्दैन।
वि.सं.२०७८ असार १ १३:२६