back
stc
prabhu insurance

उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्यागी व्यवसायीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

निषेधाज्ञाको बेलामा पनि कोरोनाको जोखिम मोल्दै वस्तु र सामान उपभोक्तालाई घर–घरसम्म पुर्याउदै जनजीवनलाई सहज बनाउदै आएका उधमी व्यवसायीलाई उच्च पाथमिकता दिई खोप लगाउनुपर्ने उधमी व्यवसायीहरूले माग गर्दै आएका छन।चेम्बरले एक विज्ञप्ति निकालेर उद्योगी र व्यवसायीलाई कोरोना विरुद्धको खोप व्यवस्थापन गाराउन माग गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयाँ भेरियण्टको कोरोना भाइरस (कोभिड १९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ ।  नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने चेम्बरले बताएको छ ।

चेम्बरले भनेको छ. ‘कोरोना विरुद्धको खोप नपाएर अग्रपंक्तीमा कार्यरत व्यवसायिक क्षेत्रको आत्मवलमा हस आएको छ । अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेका छन भने अर्को तर्फ कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको छ ।’

चेम्बर अन्तर्गतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाई दुवै चरणको खोपको व्यवस्थाको लागि नेपाल चेम्बर अफ कमर्स सम्वधित निकाय समक्ष आग्रह गरेको छ ।