१२ सहायक रथीको सरूवा
काठमाडौं । नेपाली सेनाका १२ जना सहायक रथी (विग्रेडियल जर्नेल) को सरुवा भएको छ । सैनिक मुख्यालय स्रोतका अनुसार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दुई महत्वपूर्ण विभागका प्रमुखसहित १२ जना सहायकरथीको सरुवा गरेका हुन् ।
सहायक रथीहरु विजय थापा कल्याणकारी निर्देशनालयमा, प्रकाश देउजा २ बाहिनी हिले, मानबहादुर महरा ५ बाहिनी, कृष्णदेव भट्ट नीतिमा र नहकुल रायामाझीको रणनीति निर्देशनालयमा सरुवा गरिएको छ ।
यसैगरि प्रधानसेनापति थापाले प्रधानसेनापतिको सैनिक सहायकमा चोकबहादुर ढकाल र सैनिक सचिवमा सुनिल श्रेष्ठको सरुवा प्रस्ताव गरेका छन् । सेनामा सैनिक सचिव र सैनिक सहायक सबैभन्दा महत्वपूर्ण र शक्तिशाली विभाग मानिन्छ ।
ढकाल र श्रेष्ठ दुवै जना २८ बेसिकका सैनिक अधिकृत हुन । उनीहरुले चीनबाट नेशनल डिफेन्स कोर्ष(एनडिसी) गरेका छन् । सेनामा दुवै जना व्यवसायिक र ऐकडेमिक अधिकृतका रुपमा चिनिन्छन्।
वि.सं.२०७८ असार ७ २०:४७