back
stc
prabhu insurance

एलबिइएफका संस्थापक परमानन्द केजरीवालका निधन

काठमाडौं । नेपालको पहिलो सुचना प्रविधी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (LBEF) क्याम्पसका संस्थापक परमानन्द केजरीवालको ६६ वर्षको उमेरमा आईतवार काठमाडौंमा असामयिक निधन भएको छ ।

केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षा प्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षाको विकास गर्नको लागि सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपाल मै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधिजस्ता अत्याधुनिक विषयहरुको पठन–पाठन गर्दै आइरहेको छ ।

संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।