back
stc
prabhu insurance

आजदेखि काठमाडौं उपत्यकाका जिल्लामा निषेधाज्ञा खुकुलो

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका जिल्लामा  निषेधाज्ञा खुकुलो बनाइएको छ । आजदेखि काठमाडौं उपत्यकामा  जोर–बिजोरका आधारमा निजी गाडी सञ्चालन हुन थालेका छन् । काठमाडौं उपत्यकामा  शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल सोमवार, बुधवार र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ । यस्तै सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइने छ ।

खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाण्डौ उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सार्वजनिक गाडी आउँदो १४ गते रातिसम्म सञ्चालनमा रोक लगाइएको छ । मोटरसाइकल तथा स्कुटर सहित निजी गाडी जोर–बिजोर चल्न पाउने भएका छन् । कार, जीप, भ्यानमा बढीमा चार जना, ट्याक्सीमा बढीमा तीन जना हुनुपर्नेछ ।

पठनपाठन अनलाइन तथा वैदेशिक अध्ययन र डीभी परेका व्यक्ति तथा कुटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यक्रम सञ्चालन हुने छन् । उद्योग तथा कलकारखाना र निर्माणका काम गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गरी गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेका छन् ।

सरकारी कार्यालयमा आलो पालो गरी न्यूनतम जनशक्तिबाट सेवा दिने तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्ड सहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गने निर्णय भएको छ ।