back
prabhu insurance
himalayanlife

घुस लिएको आरोपमा कर अधिकृत ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा कर अधिकृत रमेश ढकाल विरुद्ध विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि एक लाख ५० हजार रुपैयाँ घुस लिएको भन्दै धनुषा स्थित आन्तरिक राजस्व कार्यालय, जनकपुरधाममा कार्यरत कर अधिकृत ढकालविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

सेवाग्राहीसँग अन्तःशुल्क समायोजन गर्ने काम सहज गरिदिने प्रयोजनको लागि घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले ढकाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजन गर्ने काम सहज गरिदिने भन्दै उक्त रकम घुस लिएको देखिएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको रिसालले बताए ।