back
stc
prabhu insurance

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौ । संवैधानिक निकायमा आज २० पदाधिकारी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग लगायतमा २० पदाधिकारी नियुक्त गरेकी छिन् ।

संवैधानिक परिषद्को बैठकले अध्यादेशमार्फत् ४५ दिन अघि उनीहरुको नियुक्ति सिफारिश गरेको थियो । नियुक्ति सिफारिशपछि प्रतिनिधि सभामा सुनुवाईका लागि दर्ता भएकोमा ४५ दिन कटेपछि उनीहरुको नियुक्ति भएको हो ।

नियुक्त भएकाहरुमा लोक सेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष र माधव वेल्वासे,हरि बहादुर राई,दिनेश सिलवाल,मञ्जु कुमारी छन् । अख्तियारमा डा. हरि पौडेल र सुमित्रा श्रेष्ठ व्यान्जु आयुक्त लगायत २० जना छन् ।

No description available.