back
stc
prabhu insurance

मन्त्री परिषदको जिम्मेवारी हेरफेर

काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्री सहित ५ मन्त्रीलाई आज जिम्मेवारी बाँडिएको छ ।

अर्थ मन्त्री विष्णु पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय थपिएका छन् ।

No description available.