back
stc
prabhu insurance

काठमाडौं कांग्रेस सभापतिमा दामोदर उठने

काठमाडौं । नेपाली काँग्रेस भित्र १४ औँ महाधिवेशनको बिभिन्न गतिबिधि शुरू भएको छ । साउन १२ गतेदेखि अधिवेशन शुरू हुदैछ । भदौ १६-१९ गते केन्द्रीय महाधिवेशन हुने मिति तोकिए पनि अझै केही दिन महाधिवेशन कार्यक्रम पछि सर्ने सम्भावना पनि छ ।

साउन र भदौं महिनामा हुने महाधिवेशनका बिभिन्न कार्यक्रमहरुका लागि नेता तथा कार्यकर्ताहरू नेतृत्वको पदीय दावीदेखि भेटघाटमा तिव्रता दिइरहेका छन् । वडा सभापतिदेखि गाउँर नगर,प्रदेश क्षेत्र,प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वमा पुग्न लागि र पुर्याउनका लागि ससाना भेला देखि प्रभावशाली नेताका घरघरमा पुग्ने क्रम पनि शुरू भएको छ ।

देशको राजधानी रहेको काठमाडौँ जिल्लामा कांग्रेसको महाधिवेशन अगाडिको चहलपहल र गुटगत भेला जमघट र भेटघाटका गतिबिधि निकै बढेका छन् । काठमाडौँ जिल्लाको सभापति बन्नका लागि आधा दर्जन नेताहरुले आफूलाई सक्रियताका साथ मैदानमा उतारेका छन् ।

यसरी आफूलाई जिल्ला सभापति बन्नका लागि दावी गरेर सक्रिय रहनेहरुमध्ये एक हुन् काठमाडौँको उत्तरीभेक बुढानिलकण्ठका चिरपरिचित नेता दामोदर खड्का । वरिष्ठ अधिवक्ता समेत रहेका खड्काले आफू जिल्ला सभापतिका लागि सक्रिय बनिरहेको बताएका छन् ।

४० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा प्रत्यक्षरूपमा सक्रिय रहेका खड्का पूर्व काठमाडौँ जिल्ला सचिव हुन् भने हाल काठमाडौ क्षेत्र नम्वर ४ बाट महासमिति सदस्य रहेका छन । पार्टीमा सैद्धान्तिक नेताका रूपमा परिचित खड्का तत्कालिन अबस्थमा विष्णु बुढानिलकण्ठ इकाइको सभापति हुँदै स्थानीय तहको निर्वाचनमा पनि उम्मेद्वार भएका व्यक्ति हुन् ।

काठमाडौँ कांग्रेसको राजनीतिमा निकै सकृय र चिरपरिचित बौद्धिक व्याक्तिव्वको रूपमा रहेका खड्का ०६२•६३ सालको जनआन्दोलनमा उपत्यकाको सर्वदलीय आन्दोलन समितिमा समेत रहेका थिए । उनी कांग्रेस राजनीति तथा आन्दोलनमा सक्रिय रहेको कारण पटकपटक प्रहरी हिरासतमा समेत परेका छन् ।

राजनीतिमा निष्ठा र सिद्धान्तको पक्षधर खड्काले आफू निष्ठा र सिद्धान्तकै आधारमा जिल्ला सभापति उम्मेद्वार बन्न लागेको बताएका छन् । उनले आफू पैसा खर्च गरेर वा सत्ता र शक्तिको आडमा सभापतिमा पुग्ने होडबाजी नगर्ने भन्दै नेपाली कांग्रेसले आफ्नो सिद्धान्तलाई जनतासामु लैजान आवश्यक रहेको बताउँछन् ।

सबैलाई कांग्रेस भनेको सिद्धान्त र व्यवहारमा समान स्वरूपको पार्टी हो भनेर बुझाउन आफ्नो उम्मेदवारी रहेको खड्काले बताएका छन । उनले सबै पक्षलाई समेटेर जाने आफ्नो टिममा सबै भेग,आदिवासी जनजाति,महिला,दलित,युवालाई समेटेर जाने बताएका छन।

खडकाले आफू एक कार्यकाल मात्र सभापति हुने बताउदै पार्टीमा बढदै गएको गुटगत भावनालाई हटाएर काम र सकृयताका आधारमा जिम्मेवारी दिने,सबै क्षेत्रमा संगठनलाई गतिशिल बनाउने,विगत पाँच वर्षमा निस्कृय जस्तै रहेको काठमाडौं कांग्रेसलाई व्युताएर सकृय बनाउने, कांग्रेसको विचार,सिद्वान्त,नीतिलाई जनता र कार्यकर्ता सम्म बुझाउने जस्ता एजेन्डाका साथ काठमाडौं कांग्रेसको सभापतिमा दावी गर्नु भएको छ।

१४ औँ महाधिवेशनमा काठमाडौँ जिल्ला सभापतिका लागि दामोदर खड्का सहित हालका जिल्ला सभापति सबुजकृष्ण बानियाँ, क्षेत्रीय सभापतिहरू राजु श्रेष्ठ र उपेन्द्र कार्की, हरिहर अधिकारी, राजन केसी, गौरी दवाडी लगायतले दावी गरेका छन् ।

सभापतिमा दाबी गर्ने सबै नेताहरूले भेटघाट तथा प्रचारप्रसार तिव्रता दिदै आएका छन। सभापतिमा दावी गर्ने खडका,श्रेष्ठ,कार्की पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा निकट र वानियाँ,केसी रामचन्द्र पौडेल निकट र अधिकारी,दवाडी तेस्रो धारका नेता कृण्ण प्रसाद सिटौला निकट हुन। तेस्रो धारले खडकालाई समर्थन गर्न सक्ने सम्भावना देखिएको छ।