back
prabhu insurance
himalayanlife

आजदेखि लामो दुरीका सवारी साधन चल्ने

काठमाडौं । आज साउन ९ गतेदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्को मिति २०७८/४/४ को निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षा कार्यक्रम सार्वजनकि भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ।’

 

No description available.