चारवटा अस्पतालबाट खोप प्रमाणिकरण

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका चारवटा अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड अग्रेजीमा प्रमाणीकरण कार्य सुरु गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप महाशाखा प्रमुख डा. झलक गौतमका अनुसार सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु सहित सिभिल अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र बलम्बुस्थित सशस्त्र प्रहरी वलको अस्पतालमा खोप कार्ड मात्र प्रमाणीकरण गर्ने निर्णय भएको छ ।
यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न ठेलमठेल गरी लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।
भिडभाड बढेसँगै खोप प्रमाणिकरण गर्ने अस्पतालको संख्या बढाएको छ। विदेश जानु भन्दा ७२ घण्टा अगाडि खोप लगाएको प्रमाणिकरण गर्ने व्यवस्था गरिएकाले विदेश जाने कामदारलाई सहज हुन पुगेको छ।
वि.सं.२०७८ साउन ९ ०७:१८