back
prabhu insurance
himalayanlife

कोरोना संक्रमित बढेपनि मृत्यु १८ जना

काठमाडौं । हिजो २०७८ श्रावण ८ गते नेपाल सरकारले प्रकाशित गरेको जानकारी अनुसार नेपालमा ६ लाख ७६ हजार ७ सय ८ जना कुल कोरोना रोगीहरुको संख्या पुगेको छ भने मर्नेहरुको कुल संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ ।

नेपालभर हिजो १ हजार ९ सय ८२ जना नयाँ कोरोना रोग संक्रमित रोगीहरु भेटिएका छन । हिजो नेपाल सरकारले १३ हजार ६ सय ९८ पीसीआरटी परिक्षण गरेको थियो र त्यसबाट नेपालमा कोरोना रोगीहरुको संख्या १४।४६९ प्रतिशत रहेको पुष्टी भएको छ ।

हिजो १८ कोरोना रोगीहरुको मृत्यु भएको सरकारले जनाएको छ । यो सँगै एकै दिनमा २४६ जना कोरोना रोगीहरु मरेको नयाँ उच्च रेकर्ड कायम नै रहेको छ ।

सबै नेपालीलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउन अहिले सम्म सकेको छैन । बिदेशबाट सहयोगको रुपमा आएको केही लाख थान खोपबाट माघ १४ गते देखि नेपाल सरकारले कोराना बिरुद्धको खोप लगाउन सुरु गरेको भएता पनि थप खोप व्यवस्था गर्न नसक्दा खोप लगाउने कार्यक्रम स्थगित अवस्थामा छ ।

नेपाल सरकारले चीनियाँ भेरोसेल खोपको दोस्रो डोज लगाउने कार्य भने यहि असार २२ गतेबाट सुरु गरेको छ । दोस्रो डोज चीनियाँ भेरोसेल खोप लगाउनु पर्ने सबैले आफुलाई पायक पर्ने तोकिएको अस्पतालहरुमा पुगेर उक्त खोप लगाउन पाउने छन ।

चीनियाँ भेरोसेल खोप ३० लाख डोजको खरिद गर्ने व्यवस्था नेपाल सरकारले मिलाएको छ । यसको पहिलो खेपमा १० लाख डोज यहि असार २५ गते आउने र त्यसपछि प्रत्येक हप्तामा १० लाख डोजको दरले २ हप्ता भित्रै २० लाख डोज नेपाल आउने जानकारी भएको छ ।

यो भन्दा पहिले कोभ्याक्सको उत्पादक भारतीय कम्पनीसँग भएको यस्तै डिल अनुसार पेश्की लिएर पनि कोभ्याक्सको २० लाख डोज अहिले सम्म प्राप्त भएको छैन । त्यसको १० लाख डोज भने सम्झौता अनुसार तोकिएको समय भित्रै प्राप्त भएको थियो ।

चीनबाट थप ८ लाख डोज भेरोसेल खोप प्राप्त भएको हुँदा नेपाल सरकारले ६० बर्ष भन्दा कम उमेरकालाई उक्त खोप दिने जनाएको छ । खोप प्रयाप्त नभएपनि अब अभाव भने हुनेछैन । अमेरिकाले पनि एकै डोज मात्र लगाए पुग्ने १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप नेपाललाई गत सोमबार उपलव्ध गराएको छ ।

सो अमेरिकन खोप नेपाल सरकारले ५० देखि ५४ बर्ष उमेर समूहकालाई लगाउन श्रावण ४ गतेबाट सुरु भएको छ । यो खोप १८ वर्ष भन्दा माथिका युवालाई साउन ७ गते काठमाडौं उपत्यकामा दिइएको छ। करिव १४ लाख अमेरिकन खोप जनताले लगाएका छन्।
जापान सरकारले कोभ्याक्स सहयोग अन्तर्गत नेपाललाई १६ लाख मात्रा अष्ट्राजेनिका खोप उपलव्ध गराउने भएको छ ।

सो खोप ६५ बर्ष भन्दा माथिका कोभ्याक्सको दोस्रो मात्रा कुर्दै बसेकाहरुलाई लगाउने भएको छ । साथै चीनले थप १६ लाख डोज भेरोसेल खोप अनुदानमा दिने भएको छ । यो भन्दा पहिले नै चीनले १८ लाख डोज खोप अनुदान दिईसकेको छ । त्यस अनुसारको ८ लाख खोप चीनबाट आइ सकेको छ। अन्य खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन गएको छ।