back
stc
prabhu insurance

साउन ३१ गते यूनाइटेड इन्स्योरेन्सको साधारण सभा

काठमाडौं । आगामी साउन ३१ गते यूनाइटेड इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभा बिहान ११ बजे हुनेछ । सभा भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

भ्युचुअल मिटिङमा उपस्थितीको लागि कम्पनीको वेवसाईटमा आईडी पासवर्ड उपल्बध गराईने कम्पनीले जनाएको छ । कम्पनीको बैठकले सभाको मिति तय गरेको हो ।

उक्त साधारण सभाले आर्थिक बर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा लेखा परिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने, २०७६/०७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन २० गतेका दिनदेखि कम्पनीको बुक क्लोज हुने इन्स्योरेन्सले जनाएको साउन २० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।