३ हजार १ सय ४४ मा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६ सय २५ जनाको पीसीआर परीक्षणबाट २ हजार ३ सय ९ र ४ हजार २ सय ८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ५ जना गरी जम्मा ३ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ हजार १ सय ९७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३ सय ४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख २८ हजार ५ सय १४ वटा पीसीआर र २ लाख ८६ हजार ४ सय ६४ वटा एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो २४ घण्टामा २ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।
वि.सं.२०७८ साउन ९ १९:१२