back
prabhu insurance
himalayanlife

बुढानिलकण्ठ र गोकर्णेश्वर जोडने सुरूङ बन्ने

काठमाडौं। बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिका जोड्ने सुरुङ मार्ग निर्माण हुने भएको छ। बुढानिलकण्ठ नगरपालिकाको वडा नं ४ पासिकोट देखि गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा जोड्ने करिव ३ सय मिटरको सुरुङ मार्ग निर्माणका लागि बागमती प्रदेस सरकारले बजेट छुटयाएपछि अब काम शुरू गर्ने तयारी गरेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा आयोजित एक कार्यक्रममा बोल्दै बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले प्रदेश सरकारको साना सुरुङ निर्माण योजना अन्तर्गत बुढानिलकण्ठ (गोकर्णेश्वर ,साँखु – फट्केश्वर सुरुङ निर्माणको प्रक्रिया शुरु भएको जानकारी दिएका छन।

नेपालको पहिलो चुरियामाई सुरुङ पुनर्निर्माणका लागि टेन्डर भैसकेको जानकारी दिदै मन्त्रि फुयालले काठमाडौं उपत्यकाको उत्तरी पर्वत शृंखलाको प्रवर्धनमा बुढानिलकण्ठ –गोकर्णेश्वर सुरुङ निर्माणले विकासमा ठुलो फडको मार्ने बताएका छन्।

आगामी २०७८ माघ १ गते अगाडी नै सुरुङ मार्ग निर्माणको प्राविधिक अध्ययन शुरु भैसक्ने छ। काठमाडौंको उत्तरपुर्वी क्षेत्रका तारेभिर ,कागेश्वरी र मणिचुड क्षेत्रमा रक गार्डेन र रक क्लाइबिङ्गको पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गरिएको मन्त्री फुयालले जानकारी दिएका छन्।

त्यस्तै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विधुतीय शव दाह गृह र खुल्ला संग्रहालय निर्माणको काम शुरु भैसकेको बताउदै उनले आउने कागेश्वरी मेलामा कागेश्वरी मनोहरा न.पा.को वडा नं–१ कागेश्वरी मन्दिर परिसरमा विश्वकै सबै भन्दा ठुलो कागको प्रतिमा अनावरण गरिने जानकारी दिएका छन ।