back
prabhu insurance
himalayanlife

गृहका सहसचिवको महाशाखा परिवर्तन

काठमाडौं । गृह मन्त्रीमा नेपाली कांग्रेसका बालकृष्ण खाँण मन्त्री भएर आएसँगै मन्त्रालयका केही सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले गृहको शान्ति सुरक्षा महाशाखा, प्रशासन महाशाखा, आन्तरिक व्यवस्थापन महाशाखा र कारागार व्यवस्थापन विभागका सहसचिवहरुको जिम्मेवारीमा हेरफेर गरेका छन् । पुर्व सरकारले गृहमा ल्याएको सेट परिवर्तन गरिएको छ।

गत शुक्रवार गृह मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गरि गृह प्रवक्ता सहित शान्ति सुरक्षा महाशाखाको प्रमुखमा कारागार व्यवस्था विभागका महानिर्देशक फणीन्द्रमणि पोखरेललाई मन्त्रालयमा तानेर शान्ति सुरक्षा महाशाखा हेर्ने जिम्मेवारी दिएको छ।

यस अधिका महाशाखा प्रमुख जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरिएको छ । उनी केपी शर्मा ओलीको निगाहामा झापाको प्रमुख जिल्ला अधिकारी हुँदै काठमाडौंको प्रजिअ बनेका थिए ।

काठमाडौंको सीडिओ कालिप्रसाद पराजुलीलाई पठाइए पछि दाहाल गृहको प्रवक्ता र शान्ति सुरक्षा महाशाखामा तानिएका थिए ।

यस्तै गृहले प्रशासन महाशाखाको जिम्मेवारी गोविन्द रिजाललाई दिएको छ। प्रशासन महाशाखा हेर्दै आएका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखामा पठाइएको गृहले जनाएको छ ।

यस्तै गृहले केही महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्न लागेको छ । काठमाडौंमा काली प्रसाद पराजुलीलाई सरूवा गरेर सिराहाका सिडिओ प्रदिपराज कडेललाई ल्याउदैछ ।

ललितपुरमा कोषराज निरौलाको सरूवा गरेर यज्ञराज कोइरालालाई ल्याउने चर्चा छ। गृह सचिवमा मधुसुदन वुर्लाकोटी,यादव प्रसाद कोइराला मध्ये एक तानिने भएका छन।

आन्तरिक राजस्व विभागको महानिर्देशकमा वातावरण विभागका महानिर्देशक मुकुन्द निरौलाको सरूवा हुने सम्भावना रहेको छ।

अर्थ मन्त्रालयको राजस्व सचिवमा महालेखानियन्त्रक मधु कुमार मरासिनी वा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव बैकुण्ठ अर्याल मध्ये एकको सरूवा हुदैछ।