केयूकेएलमा सतर्कता केन्द्रको छापा

काठमाडौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय त्रिपुरेश्वरमा राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेर आवश्यक कागजात अनुसन्धानको लागि लगेको बुझिन आएको छ ।
केयूकेएल मुख्य कार्यालयले आर्थिक बर्ष समाप्त भएपछि पनि शाखाबाट भएका निर्माणका कामको भूक्तानी दिन आलटाल गरेको उजुरी सर्तकता केन्द्रमा परेपछि केन्द्रले केयूकेएल मुख्य कार्यालयमा छापा मारेको सर्तकता केन्द्र स्रोतले बताएको छ ।
विगत देखिनै केन्द्रिय कार्यालय र शाखा कार्यालयहरु वीच भुक्तानीका विषयमा लफडा हुर्दै आएको थियो । केयूकेएलले कमिशन नदिने शाखाहरुको भूक्तानीको लागि चेक काटेर पनि चेक रद्ध गरेको छ।
केयूकेएलमा आर्थिक वर्ष सकिएपछि साउनको दोस्रो हप्तासम्म पनि कार्यक्रमका शिर्षकहरु परिवर्तन गर्ने, नयाँ कार्यक्रम बनाउने र स्विकृत गरेर भूक्तानी दिने गरेको गुनासो केन्द्रमा परेको थियो ।
केयूकेएलको महाप्रबन्धक र विभागिय प्रमुखहरु वीच तालमेल नमिल्दा शाखाका प्रमुखहरु काम गर्न नसक्ने अवस्थामा पुगेका छन भने केही शाखा प्रमुखहरुका लागि अबैध आम्दानी र भष्टाचार गर्ने थलो बन्दै गएको छ।
त्रिपुरेश्वर शाखाका प्रमुख मेलम्चीको पानीको लिक मर्मतको पैसा समयमा भुक्तानी नभएपछि विभिन्न शक्ति केन्द्र गुहार्दै रूदै हिडेका छन । उता र्कितिपुर शाखाका प्रमुख मिलन थापा नयाँ घर बनाउन नक्सा तयार गर्न व्यस्त छन ।
उनी केयूकेएल सेवा प्रवेश गरेको करिव ७ वर्षको अवधिमा एउटा आलिनशान बंगला निर्माण गर्ने सोचमा पुगेका छन ।
थापा जाउलाखेल शाखामा कार्यरत रहदा जागिरबाट हात धुने अवस्थामा पुगेका थिए । नेकपा (माओवादी केन्द्र) कि नेतृ तथा उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री पम्फा भुसालको निर्वाचन क्षेत्रका जनतासँग खानेपानीको धारा मर्मत र जडानका लागि रकम घुस लिएपछि तत्कालीन केयूकेएलका महाप्रबन्धक महेश भट्टराईले स्पष्टिकरण सोधेर जागिर बचाईदिएका थिए ।
उनी हाल र्कितिपुर शाखाको प्रमुख भएका छन । उनले त्यहाँ जथाभावि पाइप लाईन गरेर केयूकेएलको करोडौ रुपैयाँ माटोमा मिलाएका छन् ।
जथाभावी बोल्ने शाखा प्रमुख थापा आफै बोक्सी र आफै धामी बन्न खप्पिस छन । उनले जथाभावि काम गरेको फाइल सच्याउदा ज्ञानेन्द्र कार्कीलाई निकै समस्या परेको केयूकेएल स्रोतले दावी छ ।
कार्की बढुवा हुने समयमा सबैको नरम करम मिलाउने सोचमा पुगेकोे मौका छोपी थापाले नाजायज ढंगबाट आफ्ना गलत फाइलहरु सच्चाउने र सोवापत लाखौ कमिशन लिने गरेका छन् ।
आफुलाई अति जान्ने सुन्ने भएको देखाउने थापाको कार्यशैलीबाट र्कितिपुरका कर्मचारीहरु समेत वाक्कदिक्क भएका छन । काममा भन्दा कुरा बढी गर्ने थापा आर्थिक रुपमा बढी लोभी भएका कारण कुन खाल्टोमा पर्ने हौं भन्ने चिन्ताले कर्मचारीमा रातमा निद्रा न दिनमा भोकको अवस्थामा पुगेका छन् ।
वि.सं.२०७८ साउन ११ १८:३१