back
prabhu insurance
himalayanlife

नेपाल ईन्स्योरेन्सले भुक्तानी गर्यो पच्चिस लाख दाबी भुक्तानी

काठमाडौं । जगदम्वा मोटर्स प्रा.लि मार्फत नेपाल ईन्स्योरेन्समा बीमा भएको दुर्घटना बीमालेख अन्तर्गत स्व.राजदेव यादवको मृत्यु दावी वापतको पच्चिस लाख रुपैयाँको चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्स प्रा.लि.का प्रतिनिधि दिनेश राज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका छन् ।

नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राख्दै विश्वाशीलो र भरपर्दो बीमा कम्पनीको रुपमा बि.स.२००४ सालमा स्थापित यस कम्पनीको देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत ग्राहकको आबश्यकता, सन्तुष्टिलाई आत्मसात गर्दै अगाडी बढ्ने पोखरेलले बताए ।