back
prabhu insurance
himalayanlife

ओली एमाले काठमाडौं जिल्ला संगठन विस्तारमा

काठमाडौं । नेकपा (एमाले) ओली पक्षको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण बहादुर राईले जिल्ला कमिटीको बैठक अगाडी सघन परामर्श र आक्रामक संगठन विस्तार अभियान संचालन गरिरहेका छन।

काठमाडौं जिल्लामा सदस्यता विस्तार,भेला,बैठक र प्रशिक्षणलाई तीव्रता दिएका जिल्ला अध्यक्ष राईले तल्लो तहका नेता कार्यकर्ता तथा कमिटीहरुको सुझाव र रिपोर्टिंग पछि जिल्ला कमिटीको बैठक राख्ने तयारी गरेका छन्।

काठमाडौं जिल्ला कमिटीका अध्यक्ष राईले जिल्ला कमिटीको बैठक अगाडी सघन परामर्श र आक्रामक संगठन विस्तार अभियान संचालन गरिरहेका छन।

काठमाडौंका १० वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरुसँग परामर्श र छलफल पछि साउन १६ गते जिल्ला कमिटिको पूर्ण बैठक बोलाएका छन।

त्यो अघि जिल्ला कमिटीले साउन ११ गते क्षेत्र नं १ ,२ र ६ का सदस्यहरूसँग छलफल गरेका छन्। साउन १२ गते क्षेत्र नं ४,५,७,८,९ र १० र साउन १३ गते क्षेत्र नं ३ का सदस्यहरुसँग छलफल गर्ने कार्यक्रम राखेका छन्।

काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा एकै दिन क्षेत्रीय कमिटीको बैठक आयोजना गरेर सदस्यता नविकरण,संगठन सुद्विकरण तथा सुदृढीकरण अभियान संचालन गरेको जिल्ला कमिटीले केन्द्रीय कमिटीको निर्देशन अनुसार भाद्र ५ गते जिल्लाका १३८ वटै वडाहरूमा वडा अधिवेशन गर्ने तयारी शुरु गरेको छ।