back
prabhu insurance
himalayanlife

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दैछ । बैठक आज साउन १४ गते दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने छ। साउन १२ गते स्थगित वडा अधिवेशन कहिले गर्ने र नयाँ क्रियाशिल सदस्यता विवाद बारे छानवीन समितिले आज बुझाउने प्रतिवेदन माथि छलफल हुनेछ।

सरकार विस्तारका बारेमा पनि छलफल गरि रामचन्द्र पौडेल,डा. शेखर कोइराला, कृष्ण सिटौलासँग नाम मागिने भएको छ।

बुधबार बसेको बैठकमा क्रियाशील सदस्यता सम्बन्धमा केही नमिलेको भए मिलाएर ल्याउन थप एक दिनको समय दिएको थियो । सो समय आज दिउँसो सकिंदै छ ।

क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ मा नहुने निश्चित भइसकेको छ ।