एक सचिवमा तीन जनाको नाम सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको समिति बैठकले वरिष्ठ सहसचिवहरू हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा र राजकुमार श्रेष्ठको नाम सिफारिस गरेको हो ।
मैनाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा श्रेष्ठ निर्वाचन आयोगमा कार्यरत छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएका तीनमध्ये एकलाई सचिवमा बढुवा गरिने जनाइएको छ ।
वि.सं.२०७८ साउन १४ ०९:१६