back
stc
prabhu insurance

४५ वर्ष माथिकालाई ललितपुर महानगरपालिकाले भेरोसेलको पहिलो मात्र खोप लगाउँदै

काठमाडौं । ललितपुर महानगरपालिका भित्र कोरोना विरुद्वको भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम आजबाट सुरु हुने भएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै ४५ बर्ष र सो भन्दा माथिका व्यक्तिलाई लक्षित गरि खोप दिन थालेको बताएको हो । खोप कार्यक्रम साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुनेछ ।

साथै साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन हुँन गइरहेको र सोको विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने महानगरपालिकाले बताएको छ ।