back
prabhu insurance
himalayanlife

तीन सचिव सरूवा

काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको छ।

सरुवा भएका सचिवहरूले आजै सरुवाको पत्र बुझेका छन्। महालेखा नियन्त्रक मधु मरासिनी अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका छन्।

अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्‌को कार्यालयमा तानिएको छ। मन्त्रिपरिषद्‌मा लगिएकालाई पछि अन्यत्रको जिम्मेवारी दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सोतले जानकारी दिएको छ।

आइतबार आफूले अर्थ सचिवमा सरुवा भएको पत्र बुझेको सचिव मरासिनीले जानकारी दिएका छन। अर्थ सचिव हुन केवल भण्डारी,रामकृष्ण सुवेदीले पनि प्रयास गरिरहेका थिए।