back
stc
prabhu insurance

भूमि सम्बन्धि आयोग खारेज

काठमाडौँ । शेर बहादुर देउवा सरकारले भूमि सम्बन्धी आयोग खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको छ ।
भूमि सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले चितवनका नेकपा (एमाले) नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो ।

आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो । ७७ वटै जिल्लामा भूमि आयोगका अध्यक्ष र सदस्य मनोनयन गरि काम भैरहेको थियो।