रेल्वेका भट्टराईलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ। कर्मचारी आचारसंहिता विपरीत काम गरेको भन्दै आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई आचरण विपरीत कार्य गरेकोले निजलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
भट्टराईलाई तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ २८ गते नेपाल रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो।
भट्टराईले सामाजिक सञ्जालमा व्यक्त गर्ने अभिव्यक्तिका कारण निकै आलोचित हुँदै आएका छन्।
सामाजिक सञ्जालमा ‘ओलीको पक्षमा कडा स्टाटसु लेख’ भट्टराईले ओलीका विपक्षी र विभिन्न सञ्चारमाध्यमका सम्पादकप्रति निकै कडा र असहिष्णु टिप्पणी गर्दै आएका थिए।
एमालेको माधवकुमार नेपाल समूहप्रति पनि उनले तल्लोस्तरका टिप्पणी गर्दै आएका छन्। तुच्छर नित्कृण्ट अभिव्यक्ति दिने गरेका भट्टराईलाई कारबाही गर्न नागरिकस्तरमा आवाज उठेपनि पूर्ववर्ती सरकारले उनलाई कुनै कारबाही गरेको थिएन। अब भने देउवा सरकारले स्पष्टीकरण सोधेर पदबाट हटाउने भएको छ।
वि.सं.२०७८ साउन १९ १९:१८