back
prabhu insurance
himalayanlife

प्रहरी एकेडेमी नसार्न ११ पुर्व आईजीपीको माग

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकडेमी) लाई काभ्रे जिल्लाको पनौतीमा सार्ने निर्णय खारेज गर्न माग गर्दै नेपाल प्रहरीका ११ जना पूर्वमहानिरीक्षक (आइजीपी) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ साल भदौ २१ मा महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो ।

सोही निर्णय खारेज गर्न माग गर्दै साउन २० गते बुधबार प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआइजीपीहरुले १४ जनाको हस्ताक्षर सहित ११ जना पूर्वआइजीपीले ज्ञापन पत्र बुझाएका थिए । पत्र बुझ्दै जवाफमा देउवाले त्यस विषयमा छलफल गर्ने बताएका थिए।

उक्त ज्ञापन पत्रमा नेपाल प्रहरीका पूर्वआइजीपी दुर्लभ कुमार थापा, प्रदीप शमशेर जबरा, धुर्व बहादुर प्रधान, अच्युतकृष्ण खरेल, मोतीलाल बोहोरा, ओम विक्रम राणा, रमेश चन्द ठकुरी, हेम बहादुर गुरुङ, कुवेर सिंह राणा, श्यामभक्त थापा, रविन्द्रप्रताव शाह, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र ठाकुर ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

No description available.No description available.No description available.No description available.No description available.