back
prabhu insurance
himalayanlife

तरूण दलको क्षेत्रीय सदस्य मनोनित

काठमाडौं । आज साउन २३ गते विहान गोकर्णेश्वर नगरपालिका–५ को तेज चौतारी भवनमा रहेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं–३ को क्षेत्रीय कार्यालयमा नेपाली कांग्रेस महासमिति सदस्य तथा गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसालको प्रमुख आतिथ्य, कांग्रेस क्षेत्रीय कार्यालयका कार्यालय सचिव शम्भु अधिकारीको विशेष आतिथ्य र नेपाल तरूण दल काठमाडौं क्षेत्र नं– ३ का क्षेत्रीय सभापति सञ्जय लामाको अध्यक्षतामा नेपाली कांग्रेसको भातृ संगठन ‘नेपाल तरूण दल’ काठमाडौ जिल्ला क्षेत्र नं –३ को १३ वटै वडाहरूवाट क्षेत्रीय सदस्यहरू मनोनित गरि खादा ओढाएर सम्मान गरिएको छ।

साथै मनोनित क्षेत्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण सपथग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। काठमाडौं क्षेत्र नं –३ नेपाल तरूण दलको क्षेत्रीय सदस्यमा मनोनित हुनेहरूमा सोम बहादुर तामाङ,ज्ञान बहादुर तामाङ,सुर्य कुमार तामाङ,दिपेन्द्र विष्ट,हरिवोल विष्ट,अरूण श्रेष्ठ,धर्मसिंह लामा,नवीन तामाङ,श्याम सुवेदी,विकास तामाङ,नारायण श्रेष्ठ,उत्तम खडका,एकराज खडका,सोनाम लामा,सन्तोष त्रिपाठी लगायत रहेका छन।