back
stc
prabhu insurance

कांग्रेसको १४ औं महाधिवेशन तीन महिना सर्ने

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन तीन महिनापछि सार्न केन्द्रीय समिति बैठक साउन २८ गते बोलाएको छ। क्रियाशील सदस्यता विवादले १४ औं महाधिवेशन अन्योलमा परेपछि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

सदस्यताको विवाद नटुंगिदा महाधिवेशन अन्तरगत तल्लो तह वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भइसकेपछि कांग्रेसले छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठक आगामी २८ साउनका लागि सबै पदाधिकारी,केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य उपस्थिति हुन बोलाइएको जानकारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।

बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने जनाइएको छ । यस अघि पनि पाँच पटकसम्म कांग्रेसको महाधिवेशन प्रभावित भइसकेको छ । शुक्रबार मात्रै महामन्त्री डा. शशांक कोइरालाले चितवनमा संचारकर्मीसँग कुरा गर्दै महाधिवेशनमा मंसिरमा हुने बताएका थिए ।

No description available.