२० प्रतिशत छुुटको पहिलो चरणको रकम भुुक्तानी

काठमाडौँ । सरकारले निषेधाज्ञाको अवधिमा उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तुुमा दिइएको २० प्रतिशत छुुटको पहिलो चरणको रकम भुुक्तानी गरेको छ ।
अर्थ मन्त्रालयले सो अवधिमा खाद्यवस्तुुमा छुुट दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई पहिलो चरणको रकम भुुक्तानी गरेको हो ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत नै निषेधाज्ञाको अवधिमा उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तु खरिदमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
त्यसैअनुसार खाद्य कम्पनी र कर्पोरेसनले २०७८ जेठ २१ देखि असार ७ सम्म ग्याससहित खाद्यवस्तुु २० प्रतिशत छुुटमा बिक्री वितरण गरेका थिए ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती संस्थाले पहिलो चरणमा ८९ लाख ८६ हजार रुपियाँ भुक्तानी पाएका छन् । सो २० प्रतिशत छुुटको २० प्रतिशत कम्पनी स्वयंले बेहोर्ने र ८० प्रतिशत सरकारले बेहोर्ने निर्णय गरे अनुुरूप पहिलो चरणमा सो रकम निकासा भएको हो ।
खाद्य कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले पछिल्लो पटक अति आवश्यक सबै प्रकारका खाद्य वस्तु बिक्री गर्दै आएको खाद्य कम्पनीले छुुटमा कम्पनीका आफ्ना उत्पादन पाँचरछ प्रकारका चामल र कर्णालीको सिमीमा बिक्री गरेको जानकारी दिनुुभयो ।
त्यस अवधिमा कम्पनीले एक करोड ७३ लाख ४७ हजार बराबरको छुुटमा सामान बिक्री गरेकामा पहिलो चरणमा ८१ लख ३६ रुपियाँ भुुक्तानी भएको पनि उहाँले जानकारी दिनुुभयो ।
उहाँका अनुसार सरकारले ८० प्रतिशतका दरले एक करोड ३८ लाख ७७ हजार ८२१ रुपियाँ भुक्तानी पर्नेमा पहिलो चरणमा जेठ २१ देखि ३१ गतेसम्मको भुक्तानी भइसकेको छ ।
दोस्रो चरणमा असार १ देखि ७ गतेसम्मको ५७ लाख ८१ हजार रुपियाँ भुक्तानी गर्न बाँकी रहेको र त्यो पछि छिट्टै निकासा हुुने जानकारी प्राप्त भएको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले १८ लाख ४५ हजार रुपियाँको खाद्यान्न छुटमा बिक्री गरेमा १४ लाख ७३ हजार ६७५ रुपियाँ निकासा हुनुपर्नेमा आठ लाख ६० हजार रुपियाँ प्राप्त गरिसकेको कर्पोरेसनका नायव महप्रवन्धक कुमार राजभण्डारीले जानकारी दिनुुभयो ।
उहाँले सो अवधिमा छुुटमा बिक्री गरेकामा अब छ लाख १३ हजार ६४२ रुपियाँ बाँकी रकम पनि साउन महिनाभित्र निकासा हुने जानकारी प्राप्त भएको बताउनुुभयो ।
वि.सं.२०७८ साउन २३ १०:०२