back
stc
prabhu insurance

काठमाडौं कांग्रेसमा दामोदर खडका अगाडि बढे

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका नेता दामोदर खड्काले आसन्न १४ औँ महाधिवेशनमा काठमाडौं जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउनु भएको छ । खड्का काठमाडौं कांग्रेसका सचिव भैसक्नु भएको छ।

खड्का बाहेक काठमाडौं कांग्रेसमा राजु श्रेष्ठ,उपेन्द्र कार्की, सबुजकृष्ण बानियाँ, हरिहर अधिकारी र गौरी दवाडीले पनि सभापति उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन । यी उम्मेद्वार मध्ये दामोदर खडका सबै भन्दा पुराना, उत्कृष्ट, वरिष्ठ,सक्षम, योग्य,भिजनशिल, कांग्रेसलाई गतिशिल र सकृय बनाउन सक्ने बौद्विक व्याक्तिव्व हुनुहुन्छ।

नेता खडकाले कांग्रेसको १४ओैं महाधिवेशन नीति र नेतृत्व लगायत धेरै विषयले महत्वपूर्ण रहेको बताउनु भएको छ । नेता खडकाले कोभिडको महामारीबीच सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले देशको मुहार फेर्नका लागि आगामी १४ओैं महाधिवेशन मार्फत तय गर्ने नीतिले कांग्रेसलाई मात्र हैन देशलाई नै दुरगामी असर पार्ने बताउनु भएको छ।

हामीसँगको भेटमा खड्काले भन्नुभयो “हामी सदैव नीतिकै पक्षधर हौं,अब यस अधिवेशनले हामी झनै खारिएर नेताप्रधान हैन नीतिप्रधान बन्ने हो भन्ने सन्देश लिएर जानेछौं। महाधिवेशनले सबल र सक्षम नेतृत्व चयन गर्नुका साथै देशको लोकतन्त्र,गणतन्त्र,समावेशीता,आर्थिक विकास,समृद्धि,सुशासन,न्याय,समानता,मानव अधिकार,स्वतन्त्र न्यायपालिकालाई बलियो र विकास गर्ने नीति लिनेछ ।

कांग्रेसको १४ औं महाधिवेशनले कांग्रेसले मुलुकको नेतृत्व अनन्तकालसम्म गर्ने नीति अगाडि बढाउने बताउनु भएको छ। लोकतन्त्र,गणतन्त्र,संविधानको रक्षा गर्न अहिले नेकपा (माओवादी केन्द्र) , नेकपा (एमाले) माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल लगायतका ठुला–साना सबै पार्टीहरूले कांग्रेसलाई नेतृत्व सुम्पिएकाले कांग्रेसले लिएको राष्ट्रियता,लोकतन्त्र, समाजवाद,शान्ति र विकासको नीतिलाई सबै राजनीतिक दलले स्वीकार गर्दै आत्मसात गरेको वरिष्ठ अधिवक्ता समेत रहनु भएका खडकाले बताउनु भएको छ।

कांग्रेस आगामी चार वर्षसम्म सभापति शेर बहादुर देउवाकै नेतृत्वमा अगाडि बढने दावी खडकाले गर्नु भएको छ । अब कांग्रेसमा गुट–उपगुट र भागवण्डाको राजनीतिको अन्य भएर जनता,कार्यकर्ता र नेताको माग एंव चाहाना अनुरूप एकतावद्व भएर अगाडि बढने बताउनु भएको छ।
चार दशक अगाडि देखि कांग्रेसको राजनीतिमा निरन्तर लाग्दै आउनु भएका खडकाले काठमाडौं कांग्रेसमा सबै पक्षलाई मिलाएर जाने,प्रकाशमान सिंह पक्षलाई पनि टिममा समेटने,तेस्रो धारका कृष्णप्रसाद सिटौला पक्षलाई पनि सगै लिएर जाने हुनुभएकाले उहाँ सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित हुने सम्भावना पनि बढेर गएको छ।

१४ औँ महाधिवेशनमा काठमाडौँ जिल्ला सभापति पदका लागि तयारी गरिरहेका खड्काले भने, “देशको अर्थतन्त्र तहसनहस भएको बेला, गरीवीको रेखामुनी रहेका जनताहरुका दैनिक गुजाराका प्रश्नहरु उठिरहेको बेला नेपाली कांग्रेसले आफ्नो साख र गरिमालाई जोगाउँदै आफ्नो गौरवपर्ण इतिहासलाई साक्षी राखेर महाधिवेशनमार्फत महत्वपूर्ण नीति बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

वरिष्ठ अधिवक्ता समेत रहनु भएका दामोदर खड्का बौद्धिक,क्षमतावान र सबै पक्षलाई मिलाएर लानसक्ने नेताका रूपमा परिचित हुनुहुन्छ । कांग्रेसभित्र देउवा खेमा भनेर चिनिने खड्का सक्षम नेतृत्व र संगठनप्रधान राजनीतिको पक्षधर मानिन्छन् ।

यो महाधिवेशन पछि कांग्रेसमा यो उ खेमा नरहने पनि उहाँले दावी गर्नु भएको छ। विचार र संगठनप्रधान राजनीतिका लागि उहाँले आफू काठमाडौं जिल्ला सभापतिको लागि तयारी गरेको बताउनु भएको छ।

उहाँ भन्नुहुन्छ–महाधिवेशनमा व्यक्तिगतरुपमा कोही कसैलाई आक्षेप नलगाई राजनीतिक कार्यदिशा, नीति तथा मुद्दाहरुलाई फ्लोरमा ल्याएर बहस चलाउन आवश्यक छ । व्यक्तिगत रूपमा तँ(म गर्नेभन्दा पार्टीको मुद्दालाई कार्यान्वयन गर्ने सक्ने नेतालाई काठमाडौं जिल्ला सभापति बनाउनु पर्छ । मैले व्यक्ति भन्दा पनि मुद्दालाई महत्व दिन्छु। संगठनलाई चुस्त, दुरूस्त, गतिशिल, जुझारू, प्रभावकारी,विचारयुक्त बनाउने छु।

७७ जिल्लालाई नेतृत्व गर्ने गरि काठमाडौं कांग्रेसलाई उत्कृष्ट बनाउछु। काठमाडौंमा कांग्रेसको संगठन कमजोर छ । आगामी स्थानीय तहको निर्वाचनमा ११ वटै स्थानीय तह जित्ने गरि संगठनलाई अगाडि बढाउदै सबै प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी गराउने गरि कांग्रेस संगठनलाई परिचालित गरि गतिशिल बनाउने बताउनु भएको छ। यस्तो योजना, भिजन र सांगठनिक क्षमता उहाँमा देखिन्छ पनि।