back
stc
prabhu insurance

परीक्षा स्थगनको नेविसंघद्वारा विरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुको परीक्षा रोक्न गरेको सिफारिसका आधारमा राष्ट्रिय परीक्षा वोर्डले हिजो कक्षा १२ को परीक्षा स्थगित गरेको छ।

यही साउन ३१ गतेबाट कक्षा १२ को परिक्षा हुने कार्यतालिका सार्वजनिक गरिएको थियो। कक्षा १२ का ५ लाख भन्दा बढी परिक्षार्थीहरू परिक्षाको अन्तिम तयारीमा थिए।

चैत्र–बैशाखमै हुनुपर्ने परिक्षा लामो समय देखि रोकिएको थियो । अहिले परिक्षाको मुखमा परिक्षा स्थगित गरि विद्यार्थीलाई थप मानसिक तनाब दिने काम भएको छ।

यो अवस्थामा परिक्षार्थीलाई अलमलमा नपार्ने गरी थप विकल्प सहित निर्णय गर्न नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमिल्सिनाले सरकार समक्ष माग गरेका छन।

उनले असहज परिस्थितिमा विद्यार्थीको भविष्य,शैक्षिक सत्र र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्नु नै आजको तड्कारो आबश्यकता भएकोले त्यसतर्फ तदारुकताका साथ अग्रसर हुन नेपाल सरकार,विश्वविद्यालय र राष्ट्रिय परिक्षा बोर्डको ध्यानाकर्षण गराउदछु महामन्त्री तिमिल्सिनाले भनेका छन् ।

No description available.