back
stc
prabhu insurance

काठमाडौंमा भदौ ८ गतेसम्म निषेध आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साउन २६ गते एक आदेश जारी गर्दै ‘साउन २८ गतेदेखि भदौ ८ गतेसम्म’ निषेध आदेशलाई लम्व्याएको छ ।

आदेशमा पसल साँझ ७ बजे बन्द गर्नुपर्ने र निजी तथा सार्वजनिक सवारी साधनहरू साँझ ८ बजे भित्र आफ्नो गन्तव्यसम्म पुगि सक्नु पर्ने आदेश जारी गरेको छ ।

साथै भिडभाड हुने स्थल, जुलुश सभा,सम्मेलन,तालिम,प्रशिक्षण र २५ जना भन्दा बढीको उपस्थितिमा पनि रोक लगाएको छ । दुई मिटरको दुरी कायम गर्न , माक्स अनिवार्य लगाउन, सेनिटाइजरको प्रयोग गर्न र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीबाट जारी आदेशमा उल्लेख गरिएको छ ।

No description available.No description available.No description available.