back
stc
prabhu insurance

मिस टिन प्रिन्सेस २०२१ सम्पन्न, विनिसा बस्नेतले शिर्ष उपाधिको शिरमा ताज पहिरिन

ललितपुर । मिस टिन प्रिन्सेसको दोस्रो संस्करणको शिर्ष उपाधी विनिसा बस्नेत र जिज्ञासा लामाले जितेका छन् । विनिसाले अर्गनाइजर च्वाइस र जिज्ञासाले जजेस च्वाइसको शिर्ष उपाधी हात पारेका छन् ।

काठमाडौंमा अनुजा मिडियाद्वारा आयोजित एक कार्यक्रममा फष्ट रनर अप को उपाधी रुवी खरेलले हात पारिन ।
उक्त कार्यक्रममा मिस टिन चार्म २०२१ को उपाधी रोनिका कोजु र अस्मिता मगरले जितेका छन् ।
रानिकाले अर्गनाइजर च्वाइस तथा अस्मिताले जजेज च्वाइस जित्न सफल भइन । फष्ट रनर अपको उपाधी सुप्रग्या श्रेष्ठले हात पारिन ।

अनुजा मिडियाद्धारा आयोजित कार्यक्रममा प्रस्तुत निर्णायकको रुपमा समाजसेवी तथा व्यवसायी भुवन श्रेष्ठ र निर्णायकहरुमा हिपहप गायक तथा समाजसेवी निर्णय श्रेष्ठ, होटल व्यवसायी विष्णु बहादुर कार्की, मिडिया कर्मी भुषण कुमार श्रेष्ठ तथा म्युजिक अरेन्जर सैलेश श्रेष्ठको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रल्हाद गिरी तथा विशेष अतिथि वरिष्ठ पत्रकार हरि गोपाल प्रधान लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

विगत २ वर्ष देखि किशोरीहरुको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासको लागि कम गरिरहेको अनुजा मिडियाका संस्थापक अनुजा अचार्यले बताइन ।

संस्थाले निकट भविष्यमा मिस टिन ग्रीन २०२१ को आयोजना गर्न लागेको जानकारी गराएको छ । उक्त कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो ।