back
stc
prabhu insurance

हिमालयन डिष्टिलरीको मुनाफा १ अर्व ४ करोड रूपैयाँ बढी

काठमाडौं । अघिल्लो आर्थिक वर्षमा ५० प्रतिशत बोनस शेयर र कर समेत गरि ५० प्रतिशत नगद लाभांश सहित शतप्रतिशत लाभांश वितरण गरेको हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षमा १२३ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ ।

शुक्रवार कम्पनीले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष रू. ४६ करोड ६९ लाख भन्दा बढी खुद नाफा भएकोमा गत वर्ष सोही अवधिमा रू. १ अर्ब ४ करोड ७ लाखभन्दा बढी यो मुनाफा आर्जन गरेको छ ।

गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ३६.५ प्रतिशत बढी रू. ६ अर्ब ५० करोड ७० लाखभन्दा बढी भएको छ । कुल सञ्चालन आम्दानी ७३ प्रतिशत बढी रू. २ अर्ब १३ करोड ८४ लाखभन्दा बढी गरेको कम्पनीले १०७.२७ प्रतिशत बढी रू। १ अर्ब ४६ करोड ५५ लाखभन्दा बढी सञ्चालन मुनाफा गरेको छ ।

५० प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७७ लाख २ हजार पुगेको छ । जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ६८.५९ प्रतिशत बढी रू. १ अर्ब १३ करोड ६२ लाख कायम भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ११९.९४ र प्रतिशेयर नेटवर्थ रू। २३०.९५ छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ४५.९६ गुणा रहेको छ ।