back
stc
prabhu insurance

मेगा बैंकको रू. २ अर्व ३० करोड मुनाफा

काठमाडौँ । मेगा बैंक नेपाल लि।ले खुद नाफा ४५.१६ प्रतिशतले बढाएको छ। बैंकले आज साउन २९ गते शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफा एक अर्ब ५८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको जनाएको छ।

सात प्रतिशतले निक्षेप बढाएर २.२८ प्रतिशतले ब्यापार बिस्तार गर्दा बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ। खुद ब्याज आम्दानी ३९ प्रतिशतले बढ्दा खुद नाफामा उच्च सुधार देखिएको जनाएको छ।

बैंकले गत आर्थिक बर्ष ग्राहकसँग उठाएको निक्षेप एक खर्ब ३६ अर्ब पुगेको छ भने ऋण एक खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

यही कारण खुद ब्याज आम्दानी पनि ५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। ब्यापार बिस्तार जुन हिसाबले बढेको छ ऋणको प्रोभिजनिङ जम्मा ५ प्रतिशतले मात्र बढेको छ । यसले पनि नाफामा सुधार भएको देखिएको छ।

बैंकले टाइट सीसीडी रेसियोमा काम गरेको छ। राष्ट्र बैंकले ८५ प्रतिशतभन्दा माथि जान नपाउने सीमा निर्धारण गरेको छ। बैंकले ८२.६९ प्रतिशत सीसीडी कायम गरेको छ। जबकी धेरै बैंक ७९ प्रतिशत हाराहारीमा बसेका छन्। बैंकको स्प्रेड दर पनि धेरै घटेको छैन।

यसले गर्दा मार्जिन लिन बैंकलाई खासै समस्या भएन। ४.३९ प्रतिशतको स्प्रेडलाई बैंकले ४.१६ मा झारेको छ। आधार दर ८.३२ बाट ७.६१ प्रतिशतमा आएको छ। बैंकको प्रति सेयर आम्दानी पनि १२ रुपैयाँबाट १५.७१ रुपैयाँ पुगेको छ। मूल्य आम्दानी अनुपात अर्थात पीइ २३.२९ गुणा रहेको बैंकले जनाएको छ ।