back
stc
prabhu insurance

आज शेयर बजार २४.५७ प्रतिशतले गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आज साउन ३१ गते आइतवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबार दिन आज बजार घटेपनि कारोबार रकमले भने अहिले सम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

इन्ट्रा डे कारोबारको अन्त्यमा बजार २४.५७ अंकले घटेर ३१५४.३४ को बिन्दूमा कायम भएको छ ।

यता कारोबार रकम भने अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ । आज २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च रकम हो ।