त्रिचन्द्र कलेजमा अध्यादेश जलाइयो,बिद्यार्थी–प्रहरी झडपमा एक घाइते
काठमाडौं । आज सबा तीन बजे त्रिचन्द्र कलेज घण्टाघरका अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटिको आयोजनामा अनेरास्ववियु त्रिचन्द्र ईकाइ कमिटिका अध्यक्ष गोबिन्द थपलियाको नेतृत्वमा दल विभाजन गर्ने प्रतिगामीअध्यादेश विरूद्व पुत्ला दहन र नाराबाजी भएको छ।
अनेरास्ववियुका केन्द्रीय कार्यालय सदस्य समिक बडालको प्रमुख आतिथ्यमा ३५/४० जना कार्यकर्ताको सहभागितामा सरकारले हालै ल्याएको दल बिभाजन गर्ने अध्यादेश र राष्ट्रपति बिध्या देबी भन्डारी बाट जारि गरिएको अध्यादेश पेपर जलाएका छन्।
साथै प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन र १५/१६ वटा मसाल जुलुस निकालेर नाराबाजी गरेका छन्।
प्रहरीले मसाल र पुत्ला नियन्त्रणमा लिने बेलामा बिद्यार्थीहरू कलेज भित्र पसि प्रहरी माथि ढुङ्गा हानि केहिबेर सवारी साधन समेत अबरुद्ध भएको थियो।
सो झडपमा एक प्रहरी जवान खुट्टामा ईटा लागि सामान्य घाईते भएको छ। बिरोध कार्यक्रम साढेतीन बजे सकिएको थियो।
वि.सं.२०७८ भदौ ३ १५:५९




















