एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँको उर्जा बन्ड जारी गर्ने

काठमाडौं । एनएमबि बैंकले उर्जा बन्ड जारी गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बोन्ड जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
जसमध्ये १४ लाख इकाई बन्ड सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी २१ लाख इकाई बन्ड बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
एनएमबिले १५ वर्ष अवधिको उर्जा बन्ड जारी गर्न लागेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । धितोपत्र बोर्डको अनुमति पाएपछि बन्ड जारी हुनेछ । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
वि.सं.२०७८ भदौ ३ १५:३९