back
prabhu insurance
himalayanlife

महन्थ ठाकुरको पार्टीको नाम लोसपा नेपाल

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर ठाकुर पक्षले २ भदौमा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरेको थियो। त्यही नाम दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

तर, निर्वाचन आयोगले जसपा नेपालसँग मिल्दोजुल्दो भएको जनाउँदै नयाँ नाम दिन निर्देशन दिएको थियो। त्यसपछि आज भदौ ४ गते ठाकुर पक्षले लोसपा नेपाल नाम प्रस्ताव गरेको छ।

ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले नयाँ नाम टु‌ंगो लागेको बताएका छन्। उनले भने– “हामीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नाम टुंग्याएका छौं।”

नयाँ नाम सहित ठाकुर पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। ठाकुर पक्षले दिएको निवेदन दर्ता भएको आयोगले जनाएको छ।

त्यस्तै, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पनि नेकपा (एकीकृत समाजवादी) नाम प्रस्ताव गरिसकेको छ। यसअघिको नाम नेकपा (एमाले)सँग मिल्दोजुल्दो भएपछि नयाँ नाम राखिएको छ।