back
stc
prabhu insurance

सेञ्चुरीका श्रेष्ठलाई कारवाही भएन

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंक लि. ले सर्वसाधारणको निक्षेप हिनामिना गरेको भेटिएको छ । सेञ्चुरी कमर्सियल बैंक लि. का अध्यक्ष राजेशकुमार श्रेष्ठ,वोर्ड सदस्यहरू रमेश निरौला, मनबहादुर राई, रण बहादुर श्रेष्ठ, सुनिल कुमार न्यौपाने, अभिषेक बज्राचार्य र प्रा.डा. गीता प्रधान छन् ।

प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत तुलसीराम गौतम ९ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएर बाहिरि सकेका छन् ।

सञ्चालक समितिले अनावश्यक दबाब दिएका कारण गौतमले राजीनामा दिएर घर फर्किएको बताइन्छ । यश बैंकमा अहिले निमित्त सीइओ छन्,मनोज न्यौपाने ।

कान्छो बैंकका रुपमा चिनिएको र सबैभन्दा कमजोर वित्तीय अवस्था रहेको सेञ्चुरी कमर्सियल बैंक लि।ले शेयर बजारमा समेत कुनै प्रभाव देखाउन सकेको छैन ।

बैंकको नाफामा समेत कुनै सुधार आएको छैन । लगानी तथा अन्य सूचक समेत राम्रो देखिदैन ।
बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको बदमासीले सर्वसाधरणको सात करोड भन्दन बढी रकम हिनामिना गरेको आरोप छ ।

वैंकका अध्यक्ष श्रेष्ठ र बैंकका तात्कालिन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईको मिलेमतोमा सर्वसाधारणको सात करोड रकम जोखिममा परेको छ ।

अध्यक्ष श्रेष्ठले सर्वसाधारणका करोडौं रकम पूर्व कर्मचारी जीवन भट्टराईलाई मौरिसस गएर एम एन्ड एम रेमिटबाट बैंकलाई रकम पठाउन लगाएको भए पनि सो रकम उतै गायब भएसँगै सर्वसाधारणले खाई नखाई रगत पसिना बगाएर आर्जेको अर्बौ रकम उतै हराएको बैंक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैंकमा पैसा आउनु भन्दा पहिल्यै अध्यक्ष श्रेष्ठ मौरिसस गएर एम एन्ड एम रेमिटका सञ्चालक मनिषराज पन्तसँग सेटिङ मिलाएका थिए ।

उनले पठाउने भनिएको पैसा बैंकमा नहालि आफैँले रेमिट्यान्स कम्पनी खोली उक्त रकम आफ्नै रेमिट्यान्समा पठाएका थिए ।

बैंकका कर्मचारीहरुका अनुसार, अध्यक्ष श्रेष्ठकै नाममा दर्ज भएको कम्पनी ‘राम्रो रेमिट’ प्रा.लि. मा सो रकम पठाइएको थियो । श्रेष्ठले विप्रेषण मार्फत ५ लाख ८२ हजार २ सय ६५ अमेरिकी डलर पठाएर बैंकलाई समेत अप्ठ्यारो पारिदिएका थिए ।

यसरी सर्वसाधारणको रकम विदेशबाट आफ्नै कम्पनीमा पठाएर दुरुपयोग भएको उजुरी वालुवाटारस्थित नेपाल राष्ट्र बैंकसमक्ष पुगिसकेको छ । केन्द्रीय बैंकमा रहेका केही कार्यकारी निर्देशकले श्रेष्ठलाई जोगाएको जानकारहरुको दावी छ ।

बैंकको पैसा हिनामिना गर्ने कार्यमा बैंकका अध्यक्षका ज्वाई नाता पर्ने रमेशकुमार श्रेष्ठको पनि मिलेमतो रहेको आरोप लागेको छ ।

बैंकका सञ्चालक मध्येका राजेश कुमार श्रेष्ठ, हालका सञ्चालक रणबहादुर श्रेष्ठ तत्कालिन रेमिट प्रमुख राजेश श्रेष्ठका साथै अन्य कर्मचारीको मिलेमतोमा राम्रो रेमिट प्रा. लि. दर्ता गरेका थिए ।

उनीहरुले २०७३ साउन १६ गते कारोबार सञ्चालन गरेका थिए । स्रोतका अनुसार राजेश श्रेष्ठले २५ लाख भुक्तानी गरेर बाँकी २० लाख मनिषराज पन्तको सासुको खाताबाट भुक्तानी भएको प्रमाण समेत रहेको शेयरधनीको भनाइ छ ।

केन्द्रीय बैंकले ध्यान पुरयाउन नसक्दा नेपाली जनताले खाई नखाई जम्मा गरेको निक्षेपमाथि हिनामिना गरेको स्पष्टै देखिन्छ ।

सञ्चालक एवम् अध्यक्षले नै बैंक धरासायी बनाउने गरी आर्थिक हिनामिना गरेपछि बैंकका शेयरधनीले सञ्चालक समितिमा दिएको छानबिनको निवेदन समेत कार्यान्वयन हुन सकेको छैन । यसमा नियामन निकाय नेपाल राष्ट्र बैंकले गम्भीर रूपमा लिई कडा कानुनी कारवाही गर्न जरूरी छ।