back
stc
prabhu insurance

२ केजी ९ सय ६६ ग्राम अवैध लागूऔषध कोकिन सहित ३ जना पक्राउ

काठमाडौं । २ केजी ९ सय ६६ ग्राम अवैध लागूऔषध कोकिन सहित उक्त कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राहदानी नम्बर ए०९२६७५१३ बाहक साउथ अफ्रिकन नागरिक ३० वर्षीया शेर्ली गामा, भारत बैङ्लोर किडाथी कर्नाटक ठेगाना भएका ३३ वर्षीय विजय सिंह र राहदानी नम्बर टिएइ २५५९८१ बाहक तान्जेनियाका नागरिक २६ वर्षीया गेर्तुदे लियोनार्ड किमारो रहेका छन् ।

कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौं आएकी गामाले लागूऔषध कोकिन निकासी गर्दै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१ कमलादीस्थित होटलबाट सोही दिन राति उक्त कोकिन सहित पक्राउ गरेको थियो ।

साथै विजयलाई कोकिन लिन आएको अवस्थामा भदौ ८ गते कमलादीबाट तथा उक्त कारोबारमा संलग्न किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरेको हो ।

बरामद कोकिनको अवैध बजार मूल्य ८ करोड ८९ लाख ८० हजार रुपैयाँ रहेको र उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
अवैध लागूऔषध खैरो हेरोईन सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ
अवैध लागूऔषध खैरो हेरोईन सहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया मधुवन नगरपालिका–८ ठेगाना भएका ३२ वर्षीय राजेन्द्र राना, सोही ठाउँ बस्ने मन्दिप शर्मा, बर्दिया गुलरिया नगरपालिका–२ ठेगाना भएका ३५ वर्षीय अकलेश यादव, नुवाकोट ककनी गाउँपालिका–५ ठेगाना भएका पिटर लामा, काठमाडौं टोखा नगरपालिका–६ ठेगाना भएका ३० वर्षीय जितु भन्ने सागर श्रेष्ठ, धादिङ नेत्रावती गाउँपालिका–४ ठेगाना भएका ३६ वर्षीय गोकुल तामाङ र धनकुटा खाल्सा शहिदभुमी गाउँपालिका–५ ठेगाना भएका ३० वर्षीय राज कुमार राई रहेका छन् ।

उनीहरूमध्ये राजेन्द्र, मन्दिप, अकलेस, पिटर र सागरलाई २७.५ ग्राम लागूऔषध खैरो हेरोईन सहित गत भदौ ४ गते तथा गोकुललाई ४.५ ग्राम र राज कुमारलाई ७०.५ ग्राम लागूऔषध खैरो हेरोईन र डिजिटल तराजु सहित भदौ ८ गते लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये ६ जना उपर काठमाडौं जिल्ला अदालतबाट र १ जना उपर जिल्ला अदालत बर्दियाबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।