back
stc
prabhu insurance

काठमाडौं कोलम्बो अगष्ट ३१देखि सीधा उडान

काठमाडौं । काठमाडौं–कोलम्बो सीधा उडान मंगलबारदेखि हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले श्रीलंकन एयरलाइन्सलाई सातामा २ पटक उडान अनुमतिसगै कोलम्बो उडान सुचारु हुने भएको हो । पहिलो पटक श्रीलंकन एयरलाइन्सले नेपालमा हवाई उडान भर्नका लागि अनुमति प्राप्त गरेको छ ।

क्यानले पहिलो चरणमा मंगलबार र शनिबार २ उडान गर्ने गरी एयरबस ३३३, ३२१ र ३२० विमानमध्ये कुनै एक विमानलाई उडान अनुमति दिएको हो ।

क्यानका अनुसार श्रीलंकाको बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइ मंगलबार र शनिबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने र सोही विहान १०ः४० बजे त्यसतर्फउ प्रस्थान गर्ने तालिका रहेको छ ।