सिडियो कार्यालयबाट अर्को आदेश जारी
काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निशेषधाज्ञा १७ गते देखि भदौ मसान्तसम्म लम्बिएको छ । काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले जारी निषेधाज्ञा भदौ समासन्तसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् ।
भदौ १७ देखिको निषेधाज्ञामा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्धारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।
तर, विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने छ ।

वि.सं.२०७८ भदौ १६ १६:१७


















