प्रतिनिधि सभामा नारावाजी
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभामा आज अपरान्ह नाराबाजी गरेको छ । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाउदै एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
केही बेरअघि शुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेपछि एमालेका सांसदले सभामुख अग्निप्रसाद सापकोटाको बिरुद्ध नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् ।
एमालेले निरन्तर नारावाजी गर्ने संकेत पाएपछि आजको बैठक सुचना टासेर स्थगित हुने सम्भावना छ। बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले यो भेडा बाख्रा गोठ नभएको भन्दै नारावाजी गर्ने माननीय सदस्यलाई बस्न आग्रह गरेका थिए। त्यसपछि एमाले सांसद अझ उग्र भएका थिए।
वि.सं.२०७८ भदौ २३ १६:५६




















