back
stc
prabhu insurance

एमाले अखिल अध्यक्ष सुनिता बराल

काठमाडौं । नेकपा (एमाले) निकट बिद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय नेतृत्व पुनगर्ठन गरिएको छ । अनेरास्ववियुकको अध्यक्षमा सुनिता बराल तथा महासचिवमा समिक बडाललाई जिम्मेवारी दिइएको छ ।

ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शनिवार भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अध्यक्ष ऐन महरलाई संगठनबाट बिदा दिइएको छ। उनलाई पार्टीको जिम्मेवारी दिइने भएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले महरलाई बिदा गरेर यसअघि उपाध्यक्ष रहेकी सुनिता बराललाई नेतृत्व दिएको छ ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइबालाई जिम्मेवारी दिइएको छ । भावी अध्यक्षका उत्तराधिकारी बडाललाई महासचिवको जिम्मेवारी दिइएको एमाले अखिल स्रोत बताएको छ ।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसक्नु भएको छ । उहाँ अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुनुहुन्छ । यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् ।

त्यस्तै सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाएका छन् । अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले बिदा लिएका छन् ।