back
stc
prabhu insurance

वीरगञ्ज उद्योग बाणिज्य संघमा मनपरी संघको रकमबाट अध्यक्ष गुप्ता लिए मानार्थ बिधावारिधी

वीरगञ्ज उधोग बाणिज्य संघमा मनपरी संघकाे रकमबाट अध्यक्ष गुप्ता लिए मानार्थ बिधावारिधी
पर्सा। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताले संघकाे ७ लाख रकम खर्च गरि मानार्थ विद्यावारिधी उपाधी खरिद गरेका छन्।
मानार्थ विद्यावारिधी उपाधी लिनका लागि अध्यक्ष गुप्ताले संघको विधान विपरित वीरगञ्ज उद्योग वाणिज्य संघको खाताको रकम संघकाे निर्णय विना खर्च गरेका छन् ।
गुप्ताले मानार्थ विधावारिधीकाे उपाधी लिन गत भदौ २८ मा संघको विधान विपरित कार्यसमितिकाे निर्णय र पूर्व स्वीकृति विना संघको खाताबाट ४ लाख ३४ हजार ४ सय १६ भारतीय रुपैयाँ भारतको अहमदाबाद स्थित एक कन्सलटेन्टलाई पठाउन कर्मचारीलाई निर्देशन दिई रकम पठाएका थिए ।
रकम पठाएपछि मात्र गुप्ताले संघका अन्य पदाधिकारीलाई यसबारे जानकारी गराएकाे कार्यसमितिका एक सदस्यले बताए ।
त्यसपछि पदाधिकारीले यो विषयलाई संघको कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।
अध्यक्ष गुप्ताले मानार्थ विद्यावारिधी उपाधी पाउने जनाएपछि कार्यसमिति सदस्य र पदाधिकारीले गुप्तालाई बधाई र अग्रिम शुभकामना दिएका थिए।
तर यसरी उपाधी लिदा लाग्ने खर्च बारे कार्यसमिति बैठकमा छलफल गरि निर्णय गरेर मात्र आर्थिक काराेबार गर्न सुझाव दिएका थिए। गत असोज ७ मा बोर्ड बैठक राख्ने सल्लाह समेत भएको थियो।
तर उक्त मितिमा बैठक बस्नु अगाडि नै अध्यक्ष गुप्ता परिवार सहित दुबई गए। संघका अध्यक्ष सुवोध कुमार गुप्ताले दुबईमा फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले प्रदान गरेकाे मानार्थ विद्यावारिधी उपाधी गत असाेज १२ गते लिए ।
युनिभर्सिटीले साे मितिमा दुबईमा उक्त पद्धवी प्रदान गर्याे। गुप्तालाई ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्ट अन्तर्गत सामाजिक, व्यावसायिक र आर्थिक क्षेत्रमा पुयाएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधी दिइएको जनाइएको छ ।
फ्रान्सको युनिभर्सिटीले दुबईमा विद्यावारिधी प्रदान गरेपनि ७ लाख रुपैया भने भारतकाे अहमदाबादको कन्सलटेन्टलाई बुझाइएको थियाे ।
स्राेतका अनुसार भारतमा मानार्थ विद्यावारिधीको नाममा लाखौं रुपैयाँ कुम्ल्याउने गिरोह सक्रिय छन् । संघका एक पदाधिकारीले भने- ‘उनीहरुलाई पैसा पठाइदिए पछि विश्वका नाम चलेका युनिभसिटीको मानार्थ विद्यावारिधी दिलाइ दिन्छन् ।’
मानार्थ विद्यावारिधी दिलाईदिने भारतीय अहमदाबादका गिरोहले संघका यस अघिका अध्यक्षहरुलाई पनि निश्चित रकम दिएपछि मानार्थ विद्यावारिधी प्राप्त हुने अफर दिएका थिए । तर, पुर्व अध्यक्षहरुले लाखौं रुपैयाँ खर्च गरेर मानार्थ विद्यावारिधी लिनेमा कुनै चासो दिएका थिएनन् ।
ती पदाधिकारीले भने -‘अध्यक्ष गुप्ता जीले कथित मानार्थ विद्यावारिधी उपाधीका लागि आफ्नो नीजि पैसा खर्च गर्नुपर्थ्यो, संघको पैसा उहाँले खर्च गर्नु हुन्नथ्याे। संघकाे पैसा उधमी- व्यवसायी कै हितमा मात्र प्रयाेग गर्नु पर्दथ्याे।
कार्यसमितिकाे निर्णय विना खर्च गर्नु आर्थिक अनियमिता हाे ।’ विद्यावारिधीका लागि भारत पठाएको रकम पनि अध्यक्ष गुप्ताले कर्मचारीलाई झुक्याएर पठाउन लगाएकाे बुझिन आएकाे छ ।
संघको महालक्ष्मी विकास बैंक लि. मा रहेको खाताबाट ग्लोबल आइएमई बैंक लि .मा पैसा ट्रान्सफर गर्ने भनेर तयार पारिएको निवेदन फारामको पछिल्लो लाइनमा रकम ‘स्विफट’ गर्ने भनेर लेखि रकम पठाइएकाे थियाे।
अर्काेतिर दुबई गएकाे खर्च पनि गुप्ताले संघबाटै लिन खाेच बनाएकाे बुझिन आएकाे छ। वीरगञ्ज उद्योग वाणिज्य संघको विधानले अध्यक्षलाई एक पटकमा एक जनालाई ५ हजार रुपैयासम्मको आर्थिक सहयोग दिन सक्ने अधिकार दिएको छ ।
त्यो भन्दा बढी रकम कार्यसमितिको अनुमति बिना वितरण गर्न मिल्दैन् । तर, अध्यक्ष गुप्ताले कार्य समिति निर्णय वा पदाधिकारीको सल्लाह बिना नै आफू निकटका व्यक्तिलाई पटक-पटक ५ हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्दै आएका छन् ।
अध्यक्षले संघको अधिकार क्षेत्र बाहिर गई लाखौ रुपैया गैर कानुनी रूपमा खर्च गरेको र संघलाई आर्थिक अनियमितता र अराजकतामा लैजाने कार्य गरेका छन्। संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु अध्यक्ष गुप्ताको संघ डुबाउने यस्तो कार्यबाट असन्तुष्ट र आक्रोशित छन् ।
उनी विदेशमा रहेकाले फर्किए पछि विधानत उनलाई महाअभियोग लगाउन सक्ने बारे अनौपचारिक छलफल समेत भइरहेको बुझिएको छ ।
सन् २००४ देखि संघमा सक्रिय रहेका गुप्ता अहिले नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बैंकिङ, फाइनान्स र बीमा समितिका सहसंयोजक र नेपाल चामल, दाल र तेल उद्योग संघका अध्यक्ष पनि रहेका छन् ।
औद्योगिक तथा व्यापारिक समूह मोहित ग्रुपमा प्रबन्ध निर्देशक रहेका गुप्ता नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २, वीरगञ्जको रेलवे मा.वि. र नेपाल रेडक्रस सोसाइटी पर्साका सल्लाहकार समेत रहेका छन् ।
यिनी संघकाे अध्यक्ष भएपछि आर्थिक अनियमितता बढेकाे छ। संघमा विधान अनुसार आर्थिक अनुशासन र नियम परिपालना हुन सकेकाे छैन।
जथाभावी खर्च गर्दा संघकाे आम्दानी काेष घटदै गएकाे संघका सदस्य र पदाधिकारीहरूले आराेप लगाएका छन्।